काठमाडौँ – मंसिर ४ गते हुने प्रतिनिधिसभा चुनावका लागि ललितपुर ३ का लागि कांग्रेसबाट जितजंग बस्नेतको नाम एक नम्बरमा सिफारिस भएको छ।

शुक्रबार बसेको क्षेत्रीय कार्यसमिति बैठकले केन्द्रीय सदस्य बस्नेतको नाम पहिलो नम्बरमा जिल्लालाई पठाएको हो।

उनीसँगै पूर्व सांसद मदन अमात्य, मनोनित केन्द्रीय सदस्य धन खतिवडा र विद्या केसी श्रेष्ठको नाम सिफारिस भएको छ। समानुपातिकमा ओमकार प्रसाद श्रेष्ठको नाम पठाइएको हो।

गत वर्ष मंसिरमा भएको १४औँ महाधिवेशनमा बस्नेत लोकप्रिय दश जनाभित्र परेर निर्वाचित भएका थिए।

नेपाल तरुण दलको पूर्वअध्यक्षसमेत रहेका बस्नेतले केपी ओली प्रधानमन्त्री हुँदा सरकारको गलत कामका विरुद्ध सडक आन्दोलनको नेतृत्व गरेका थिए। उनी सभापनि शेरबहादुर देउवाका विश्वास पात्रसमेत हुन्।

ललितपुर जिल्लाका पूर्व सभापति रहेका अमात्य दोस्रो संविधानसभामा सदस्य भएका थिए।

Facebook Comments Box