ललितपुर :आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि ललितपुर ३(क)बाट पार्टी संगठन र जनतामा लोक प्रिय युवा नेता जितेन्द्र महर्जन प्रत्यक्षतर्फ सिफारिस भएका छन् ।

महर्जन सहित शुदर्शन घिमिरे,महेश्वर थापा,गाेकुल खड्काल चक्र महर्जन,शशी थापा,नारायण देव राणा,बेली डंगाेल लगायतको नाम सिफारिसमा परेको छ । त्यस्तै प्रतिनिधि सभातर्फ जितजंग बस्नेत, मदन अमात्य, धना खतिवडा,विजया के सी ( श्रेष्ठ ) सिफारिस भएमा परेका छन्।१६/१७ बर्षकाे उमेर २०५३/५४ सालदेखि काँग्रेसकाे राजनितिमा जानी नजानी आफ्ना खेलकुडका गरू मिनकृष्ण महर्जनकाे संगतमा ललितपुर राजनितिमा हाेमिएका महर्जन पार्टीको एघाराैं महाअधिवेशनका ललितपुर जिल्ला सभापति चन्द्र महर्जनकाे पाला देखि संगठनमा जिम्मेवार लिएर सक्रिय रूपमा पार्टी संगठनमा लागेका थिए। जुन समयमा नेपाली काँग्रेस पार्टी संस्थापन र प्रजातान्त्रिक गरि दुई टुक्रामा विभाजित भएकाे थियाे। त्यस समयमा उनले ललितपुर क्षेत्र नं-३ अन्तर्गतकाे तत्कालिन ठैव गाउँ इकाई समितिकाे नेपाल तरूण दलकाे कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालेका थिए।  त्यस पछि उनी पार्टीको इकाई सदस्य, सचिब र माओवादीकाे भातृ संगठन YCL ले देशभरि आक्रान्त मचाई रहेकाे बेला पार्टी संगठनका कार्यकर्ताहरूकाे रक्षाकाे लागि भनेर मिनकृष्ण महर्जनलाई उपत्यका ईन्चार्ज बनाई गठन भएकाे युवा परिचालन कमिटीकाे ललितपुर क्षेत्र नं -३ का सह-ईन्चार्य थिए उनी। पछि पार्टीले नेपाली काँग्रेस पार्टी हिंस्रक पार्टी हाेईन ! शान्ति प्रिय पार्टी हाे। भनेर उक्त कमिटी विघटन गरेकाे थियाे। त्यसपछि नेपाली काँग्रेस ललितपुर जिल्ला युवा तथा खेलकुड विभागका सदस्य, क्षेत्रिय काेषाध्यक्ष,ललितपुर क्षेत्र नं- ३ (क) क्षेत्रिय समितिकाे पहिलाे सभापति र हाल १४औं अधिवेशनबाट ललितपुर जिल्लाकै हाल सम्मकै उच्च सर्वाधिक मत प्राप्त गरि
Man of The Election भई जिल्ला कार्यसमिति सदस्यमा निर्वाचित भएका महर्जन जिल्ला कार्यसम्पादन सदस्य र प्रचार प्रसार शाखा प्रमुख हुन। उनी आफ्ना गरू महर्जनसंगै जन आन्दोलनदेखि पार्टीले गरेका प्रत्यक आन्दोलन र जन भावना विपरित सम्पर्ण आन्दोलनहरूमा सक्रिय रूपमा सहभागी हुने गरेका थिए। ललितपुरकाे पार्टी संगठनका क्रियाकलापमा सक्रिय भूमिका देखिने गरेका उनी समाजसेवामा पनि उत्तिकै क्रियाशील छन् । युवा,महिला र अग्रज नेताहरूकाे माझ छुटै पहिचान बनाउन सफल महर्जन। उक्त क्षेत्रका जनताकाे रोजाइमा पर्ने गरेका छन् ।

Facebook Comments Box