ललितपुर : नेकपा माओवादी ललितपुरले ललितपुर क्षेत्र नम्बर ३ बाट उर्जामन्त्री पम्फा भुसालको नाम सर्वसम्मत गर्न सकेन ।मंगलबार बसेको जिल्ला कमिटीको बैठकले उर्जा, जलश्रोत तथा सिचाई मन्त्री समेत रहेकी नेकपा माओवादी केन्द्रकी स्थायी समिती सदस्य पम्फा भुसालसँगै सूर्यमान महर्जनको नाम मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि समेत सिफारिस गरेको छ ।

पार्टीका जिल्ला सचिव लोक बहादुर पुलामीले दिएको जानकारी अनुसार ललितपुर क्षेत्र नं. २ मा समेत बैठकले सर्वसम्मत उम्मेदवारको नाम पठाउन सकेन । यहाँबाट प्रतिनिधि सभामा रामगोपाल सिंह र श्यामकृष्ण महर्जनको नाम सिफारिस गरिएको छ ।

उनका अनुसार ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको सासंदका लागि उम्मेदवारका लागि गंगा पराजुलीको नाम भने सर्वसम्मत रुपमा पठाउने निर्णय भएको छ । समानुपातिकतर्फ लोकबहादुर पुलामी दिपकको नाम सर्वसम्मत रुपमा पठाइएको छ ।
ललितपुर क्षेत्र नम्बर १को प्रदेशतर्फ क बाट हरि दाहाल, राजु आले मगर,राम आचार्य, नवराज ढुंगाना,राजेन्द्र मोक्तान र प्रेम बहादुर मोक्तान रहेका छन् ।

ललितपुर क्षेत्र नमबर १ प्रदेशको ख क्षेत्रबाटबेल बहादुर लुम्बा, गोपाल न्यौपानेको नाम सिफारिस गरिएको छ ।

Facebook Comments Box