नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा आोली दशैंको अवसरमा गृहजिल्ला झापा जाँदैछन् ।

त्यहाँ शुभकामना कार्यक्रममा सहभागी भएपनि उनी काठमाडौं फर्किने कार्यक्रम छ । यो वर्ष निर्वाचनसमेत परेकाले प्रचारप्रसारसँगै दशैं पनि मनाउने ओलीले योजना छ ।

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भने गृह जिल्ला डडेलधुरा जाने कार्यक्रम तय गरिसकेका छैनन् । उनले उम्मेदवारी भने डडेलधुराबाट दिँदैछन् । टिकट वितरण तथा पार्टी घरझगडा समाधानतिर जुटेका देउवा समय मिलाएर डडेलधुरा जाने र सर्वसाधारणबीच दशैं मनाउने मुडमा रहेको उनको सचिवालयले जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड परिवारसँगै दशैं मनाउने भएका छन् । कुनै विशेष कार्यक्रम नभएको जनाउँदै उनको सचिवालयले यसपटक परिवारसँगै दशैं मनाउने योजना रहेको जनायो ।

 

Facebook Comments Box