नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू अर्को चुनावको तयारीमा लागेको बताएका छन् । महिला हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा महिला सुरक्षा दबाब समूहले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा थापाले संघको निर्वाचनमा विजयी भएसँगै आफू अब अर्को चुनावको तयारीमा रहेको बताएका हुन् ।

शुक्रबारसम्म मतदातालाई धन्यवाद दिने र त्यसपछि अर्को चुनाव अर्थात अर्थात् पार्टीभित्रको संसदीय दलको नेताका लागि तयारी गर्ने उनको भनाइ छ ।त्यस्तै महामन्त्री थापाले पाँचवर्षपछि हुने निर्वाचनमा ३३ प्रतिशत महिला सहभागिताका लागि अहिलेदेखि नै आवश्यक कानुन निर्माणको थालनी गर्नुपर्ने बताए । कहिलेकाहीँ मन्त्रिपरिषद्मा महिला सहभागीता शून्य हुने अवस्थालाई पनि अब अन्त्य गर्नुपर्ने उनले बताए ।

त्यस्तै, थापाले महिला हिंसालाई जरैदेखि हटाउनका लागि दलहरू मिलेर काम गर्नुपर्ने र आवश्यक नीतिनियम तर्जुमा गर्नुपर्ने धारणा राखे ।

Facebook Comments Box