यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले मधेश प्रदेशलाई पराजित गरेको छ । मधेशलाई पराजित गर्दैसंगै सुदुरपश्चिम एक खेल अगावै फाईनल पुगेको छ ।

फाईनलमा स्थान सुरक्षित गर्ने क्रममा सुदुरपश्चिमले मधेशलाई ७ विकेटले पराजित गरेको हो ।

किर्तिपुरस्थीत टियु क्रिकेट मैदानमा मधेशले सुदुरपश्चिमलाई जितका लागि १ सय २३ रनको लक्ष्य दिएकोमा सुदुरपश्चिमले १८.५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।

सुदुरपश्चिमको जितमा दिपक बोहोराले ५८ बलमा ५३ रनको अर्धशतकीय ईनिङ खेले । मधेशका लागि अविशेक तिवारीले २ तथा साइमन रोयले १ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको मधेशले ३८.१ ओभरमा अलआउट हुदै १ सय २२ रन बनाएको थियो । धेशका लागि अलि अन्सारीले ५६ बलमा ३२ रन जोड्दा इम्रान शेखले २८ रन जोडे । पाँच खेलबाट सुदुरपश्चिमको १० अंक भएको छ । मधेश प्रदेश चार खेल अंक बिहिन रहेर अंक तालिकाको पुछारमा रहेर प्रतियोगिताबाट बाहिरिसकेको छ । प्रतियोगितामा प्रदेश–१, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ । सिंगल राउन्ड रोविनपछि शीर्ष दुई टोली मंसिर १९ मा फाइनल खेल्नेछन् । प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउने छन् ।

Facebook Comments Box