ललितपुर : वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथलाई बुङमतिबाट पाटन ल्याइएको छ। साइतअनुसार मंगलबार बुङमतिबाट मच्छिन्द्रनाथलाई पाटन ल्याइएको हो।

हरेक वर्ष पाटनबाट सुरु हुने यो जात्रा बुङमतिमा पुगेर सकिन्छ। रातो मच्छिन्द्रनाथलाई बुङमती र पाटनमा ६/६ महिना राखिने चलन छ। देवतालाई बुगमतीमा ६ महिना राखेर पाटन ल्याइएको हो। बुङमतीबाट देवतालाई खटमा बोकेर पाटन ल्याइने गरिन्छ। सोही क्रममा विधिवतरुपमा पूजा गर्ने चलन छ।

Facebook Comments Box