ललितपुर – ललितपुर महानगरपालिका वडा नं.२० मा एक महिने लोक सेवा आयोग परिक्षा कक्षा प्रशिक्षण सुरु भएको छ। ललितपुर महानगरपालिका राष्ट्रिय बौद्धिक केन्द्रको आयोजना तथा ललितपुर महानगरपालिका वडा नं.२० को सहयोगमा एक महिने लोक सेवा आयोग परिक्षण तालीम संचालन भएको हो ।

एक महिने लोक सेवा आयोग परिक्षा कक्षा प्रशिक्षण कार्यक्रममा लगभग ४० जना प्रशिक्षार्थीले सहभागी जनाएका छन् ।

ललितपुर महानगरपालिका वडा नं.२० का वडा अध्यक्ष चन्द्र लाल महर्जनले धेरै युवाहरु विदेश पलायन हुँदै गरेको हुँदा आफ्नै देशमा बसि स्वरोजगार बनाउने उदेश्यको साथ वडा नं.२० ले लोक सेवा आयोग परिक्षा कक्षा प्रशिक्षण संचालन गरेको बताउँदै आगामी दिनहरुम लोक सेवामा नाम निकालन सफलताको कामना गर्दै आफ्नो भनाइहरु राख्नुभयो ।

ललितपुर महानगरपालिका वडा नं.२० वडा सदस्य एवम् यस कार्यक्रमको संयोजक अमर ढंगोलले वडा नं.२० का युवाहरूलाई स्वरोजगार बनाउने उदेश्यको साथ एक महिने लोक सेवा आयोग परिक्षा कक्षा प्रशिक्षण संचालन गरेको बताउँनुभयो । एक महिने लोक सेवा आयोग परिक्षा तालिम राम्रोसँग लिई सरकारी जागीरमा नाम निकाल्नको निमित्त शुभकामना व्यक्त गर्नुभयो ।

ललितपुर महानरपालिका वडा नं.२० वडा सदस्य शैलेन्द्र शाक्यले एक महिने लोक सेवा आयोग परिक्षा कक्षा प्रशिक्षण युवा लक्षित संचालन गरेको बताउँदै वडाले निजि क्षेत्रमा मात्र नभई राष्ट्र सेवकको रुपमा वडाबासी तयारी होस् भन्ने अपेक्षाले उक्त कार्यक्रम संचालन गरेको उल्लेख गर्नुभयो ।आफ्नो जिवनलाई सार्थक पार्नको निम्ति रोजगारको आवश्यक पर्ने हुँदा लोक सेवाबाट स्वरोजगार बनाउन टेवा पुग्ने बताउँनुभयो ।

ललितपुर महानगरपालिका वडा नं.२० का वडा सदस्य गिता महर्जनले वडा नं.२० मा पहिलो पल्ट लोक सेवा आयोग परिक्षा तयारी कक्षा संचालन गरेको जानकारी दिनुभयो ।एक महिनासम्म राम्रोसँग तालीम लिनको लागि प्रशिक्षार्थीहरुलाई सुझाव दिनुभयो ।

श्रम, राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह सचिब वसन्त बहादुर बाेहराले लोक सेवा कसरी तयारी गर्ने भन्ने विषयमा प्रशिक्षण दिनुभयो ।

कार्यक्रममा ललितपुर महानगरपालिका वडा नं.२० का वडा सदस्य मन माया नेपाली , वडा सल्लाहकार सचिन महर्जन ,अजय जोशी वडा सचीव महेश तिवारी , इन्जिनियर कमल जि. सि , राष्ट्रिय बौद्धिक केन्द्रको प्रतिनिधि प्रताव जंग शाक्य लगायतको उपस्थित रहेको थियो ।