भारतबाट भन्सार छली गरी ल्याइएका ८ लाख रुपैयाँ बराबरका मोबाइल डिस्प्ले बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले बुधबार नेपालगञ्जबाट करिब ८ लाख रुपैयाँको डिस्प्ले बरामद गरेको हो ।

कार्यालयबाट खटिएको टोलीले भन्सार छली गरी ल्याइएका ४०० पिस डिस्प्ले बरामद गरेको छ । डिस्प्ले भित्र्याउने व्यक्तिमाथि आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।