उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पहुँचको भरमा माफी मिनाहा नहुने बताएका छन् ।

बिहीबार बाँकेको बैजनाथ गाउँपालिका-३ नौवस्तामा रहेको क्षेत्रीय कारागारको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।गृहमन्त्री लामिछानेले अब दलका नेतालाई भनेर, प्रहरीलाई भनेर गम्भीर अपराधमा जोडिएकाहरूले माफी मिनाहा गराउने सपना अब नदेख्ने आग्रह गरे ।राम्रो आचरण हुने कैदीबन्दीहरूलाई भने कानून बमोजिम माफी मिनाहा हुने लामिछानेको भनाई छ ।

गृहमन्त्री लामिछानेले कारागारमा आधारभूत स्वास्थ्य, शिक्षा जस्ता विषयहरूमा सरकारले व्यवस्था गर्ने आश्वासन दिए ।