इलाम क्षेत्र नम्बर २ बाट नवनिर्वाचित सांसद सुहाङ नेम्बाङले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

सिंहदरबारस्थित कृषि समितिको हलमा आयोजित कार्यक्रममा  प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसमक्ष नेम्बाङले शपथ लिएका हुन्।शपथपछि सभामुख घिमिरेले नेम्बाङलाई सांसदको लोगो लगाइदिएका थिए।गत बैशाख १५ गते सम्पन्न उपनिर्वाचनबाट एमालेबाट उम्मेदवार नेम्वाङ शानदार विजयी भएका थिए।  नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मतान्तरले पराजित गर्दै नेम्वाङ निर्वाचित भएका हुन्।नेम्वाङले २७ हजार ७७२ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी खड्काले २१ हजार ९४२ मत प्राप्त गरेका थिए।

सुहाङका बुबा एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि इलाम-२ मा उपनिर्वाचन भएको थियो।