महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले आज भृकुटीमण्ड बजार क्षेत्रको निरीक्षण गर्नुभएको छ । उहाँले निरीक्षणपछि बजार व्यवस्थित गर्न निर्देशन दिनुभयो । 

समाज कल्याण परिषद्अन्तर्गत सञ्चालित भृकुटीमण्डप खुला बजार कुनै पनि बेला जोखिममा पर्न सक्ने मन्त्री चौधरीले बताउनुभयो । उहाँले कसरी हुन्छ बजार व्यवस्थित गर्न परिषद्लाई निर्देशन दिनुभयो ।

भृकुटीमण्डपको संरचनालाई सेमी पर्मानेन्ट बनाउने प्रक्रिया अगाडि बढाउनसमेत उहाँले परिषदलाई निर्देशन दिनुभयो । “भृकुटीमण्डप प्रदर्शनी हल जीर्ण छ, यो हलको पुनः निर्माण, स्तरोन्नति गर्न आवश्यक छ”, मन्त्री चौधरीले भन्नुभयो, “भाडा नतिर्नेहरुसँग उठाउनेबारे योजना बनाएर काम गर्नूहोस् ।” सो अवसरमा समाज कल्याण परिषद्का सदस्यसचिव मनोज भट्टले भृकुटीमण्डप क्षेत्रका सबै जीर्ण संरचना व्यवस्थित बनाइने मन्त्री चौधरीलाई अवगत गराउनुभयो ।