अफगानिस्तानको बदख्सान प्रान्तको केन्द्रमा बुधबार सुरक्षा बललाई लक्षित गरी भएको विस्फोटमा तीन जनाको मृत्यु भएको छ । यस्तै, घटनामा पाँचजना घाइते भएको छ ।

तालिबानको गृह मन्त्रालयले फैजाबाद सहरमा सुरक्षा बलको शिविरलाई लक्षित गरी विस्फोट गराइएको जनाएको छ । अफिम खेती उन्मूलन गर्ने अभियानमा सुरक्षा बलको क्याम्प त्यस क्षेत्रमा तैनाथ थियो । प्रारम्भिक जानकारी अनुसार घटनामा तीनजना सुरक्षा बलका सदस्यको मृत्यु हुनुका साथै अन्य पाँचजना घाइते भएका मन्त्रालयका प्रवक्ता अब्दुल मतिन कानीले बताए । 

यसैबीच, बदख्सानका नागरिकले तालिबानलाई यस क्षेत्रको सुरक्षा बढाउन अनुरोध गरेको बदख्सानका बासिन्दा रसूलले उल्लेख गरे ।​ बुधबार भएको उक्त घटनाको अहिलेसम्म कुनै व्यक्ति वा समूहले जिम्मेवारी लिएको छैन ।