हङकङमा आठौं  संविधान दिवस धुमधामका साथ मनाइएको छ। हङहङस्थित महावाणिज्यदूतावासले आयोजना गरेको संविधान दिवस तथा शुभकामना कार्यक्रममा महावाणिज्यदूतावासका अधिकारी,विभिन्न संघसंस्थाका प्रतिनिधि, व्यापारी,बुद्धिजिवीहरूको उल्लेख्य उपस्थिति थियो।

महावाणिज्यदूत उदयबहादुर राना मगरले नेपाली जनताले आफ्नै शासकीय व्यवस्था, आफैले चुनेका प्रतिनिधिहरूबाट सञ्चालन गर्ने पद्धतीको स्थापना गरेको भन्दै यो उपलब्धिलाई सबैले खुसीका साथ मनाउनुपर्ने धारणा राखे।हङकङ सरकार प्रशासनका मुख्य सचिव चान क्वोक किले तीव्र विकासमा तल्लीन हङकङ र नेपालको व्यापारिक सम्बन्ध सुदृढ रहेको भन्दै नेपालको विकास र आर्थिक उन्नतिका लागि शुभकामना दिए । उनले मौलिक संस्कार र संस्कृतिले भरिपूर्ण नेपालीहरूको कला,कौशल र शैलीको प्रशंसा समेत गरे ।

 कार्यक्रममा नेपाल र नेपालीको हकहितको लागि उत्कृष्ट काम गरिरहेका नेपाली संघसंस्थालाई प्रशंसापत्र प्रदान गरिएको थियो ।