ललितपुर – ललितपुर महानगरपालिकाले बजार अनुगमन तिव्र रुपमा संचालन गरेको छ ।

ललितपुर महानगरको उप प्रमुख एवम् अनुगमन समितिको अध्यक्ष मञ्जली शाक्य बज्राचार्यको संयोजकमा केहि दिन अगाडि देखि बजार अनुगमन सुरु गरिएको हो ।बजार अनुगमन सुरु गर्दा सबै नगरबासीहरुबाट राम्रो प्रतिक्रिया आए पछि अझ तिव्र रुपमा बजार अनुगमन आगाडी बढेको छ। आजको तेस्रो पटकको अनुगमन नखु भैसिपाटी मिडिसीटिमा भएको फलफूल खाद्य पर्दाथ र मार्ट पसलहरुमा अनुगमन गरिए थियो ।

फलफुल खाद्य पदार्थ र मार्ट बजारहरुमा म्याद गुज्रिएको सामानहरु बिक्री गरिएको तथा लापरवाही बढेको भन्ने गुनासोहरु आउन थालेपछि बजार अनुगमन सुरु गरिएको ललितपुर महानगरका उप प्रमुख मञ्जली शाक्य बज्राचार्यले बताँउनुभयो । पहिलो र दोस्रो बजार अनुगमले गर्दा केही मात्रमा सुधार भएको हुँदा यो कार्यलाई निरन्तर रुपमा गर्दै जाने प्रतिबद्धता दिनुभयो । तेस्रोपटक बजार अनुगमन गर्दा कुनै कुनै पसलहरुमा मिति गुज्रिएको खाद्यान्न सामान र कुहिएको फलफूलहरुबाट जुस बनाई बेचबिखन गरेको पाइएको हुँदा त्यस्तो पसलहरुलाई जरिवाना गरेको बताउँनुभयो । यदि जरिवाना गर्दा पनि नमानेको खण्डमा पसल नै सिल गर्ने उँहाले चेतावनी दिनुभयो । विक्रेताहरुले कुनै पनि सामानहरु बेच्दा खेरी उपभोक्ताहरुलाई मध्य नजर गरेर मिति , सरसफाइ देखी लिएर सबै कुराममा ध्यान दिनको लागि आग्रह गर्नुभयो ।

बजार अनुगमन गर्ने क्रममा ललितपुर महानगरकाका उप प्रमुख मञ्जली शाक्य बज्राचार्यको साथमा अनुगमन समिति , जिल्ला प्रशासन कार्यालय , राष्ट्रिय उपभोक्त मञ्च , उद्योग वाणिज्य संघ , ललितपुर महानगरपालिका वडा नं.५ का वडा अध्यक्ष विकास मान श्रेष्ठ र नगर प्रहरी बल सहितको टिमले बजार अनुगम गरेको थियो ।