संसदको सबैभन्दा ठूलो दल तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसघ) ले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग राखेर प्रदर्शन गर्दै आएको छ ।

ने.वि.संघका केन्द्रीय सदस्य विवेक आचार्यको नेतृत्वमा शुक्रबार ललितपुर जिल्लामा राँके जुलुस निकालेको थियोे ।प्रदर्शनमा आचार्य सहित नेपाल विद्यार्थी संघ (नेविसघ) का विद्यार्थीहरुले गृहमन्त्री रवि लामिछानविरुद्ध नारा लागाउँदै राँके जुलुस निकालेका थिए ।

सहकारी ठगीमा लामिछानेको प्रत्यक्ष संग्लनता देखिएको भन्दै नेविसंघले राजीनामा मागेको हो ।सहकारीमा पैसा राख्नेहरु निम्न आय भएका व्यक्तिहरु हुने भएकाले सहकारी पीडितको माग सरकारले जतिसक्दो छिटो सम्बोधन गर्नुपर्नेमा सहभागीहरुले जोड दिए ।

नेविसंघका केन्द्रिय सदस्य विवेक आचार्यले गृहमन्त्री लामिछाने पदमा रहिरहँदा सहकारी ठगीको निष्पक्ष छानबिन हुन नसक्ने भन्दै लामिछानेले तत्काल पदबाट राजीनमा दिनुपर्ने बताए ।

सहभागी विद्यार्थीहरुले गृहमन्त्री लामिछानेको राजीनामा नआएसम्म आन्दोलन जारी रहने जानकारी दिए ।