ललितपुर – कतिपय कारणले गर्दा बालबालिकाहरु सडकमा व्यवारिसे बन पुग्दछ्न भने उनिहरुलाई भनिन्छ अनाथ । तर उनिहरुको पलान पोषण गरेर जसले आश्रय दिन्छ उनिलाई भनिन्छ बाल गृह । जन्म दिने आमाबुबा नभए पनि कर्म दिने थलो हो बाल गृह ।

नेपालमा बाल गृहहरु धेरै रहेका छन् । तर ललितपुर महानगरपालिका भित्र रहेको बाल गृहमा रहेका बालबालिकाहरुले पढ्नलेखन , खाना लाउन र माया ममता पाई रहेको छ वा छैन भनेर ललितपुर महानगरपालिकाका कार्यवाहक प्रमुख मञ्जली शाक्य बज्राचार्यको नेतृत्वमा अनुगम गरिएको थियो ।

अनुगम गर्ने क्रममा बाल गृहमा हुकि रहेकि एक छात्रासँग कुराकानी गर्ने क्रममा हामिले उनलाई सोधेका थियौ तिम्रो बुबा आमा कता हुनुहुन्छ भनेर सोध्दा खेरी उनले भनिन मलाई आमा , बुबा कता बस्नु हुन्छ के गर्नु हुन्छ मलाई त्यति थाहा छैन म सानो हुदाँ बाजेले मलाई यहाँ बाल गृहमा ल्याउनु भएको मात्र थाहा छ तर अहिले उँहा पनि कता हुनुहुन्छ भने कुरा थाहा छैन । मलाई यहि बाल गृहमा रहेको आमा बुवाले मलाई धेरै माया गर्नुहुन्छ पढाउनुहुन्छ र आफुलाई चाहेको सबै सामाग्रीहरु पुर्ण रुपमा दिएको प्रती म खुशी छु उनले भनिन् ।