ललितपुर – आई. डब्लु. एफ. एन. कराँते सङ्घ बागमती प्रदेशको अध्यक्षमा रमेश पहरीको नेतृत्वमा ९ जना चयन भएका छन्।


गोदावरी नगरपालिका वडा ४ बडिखेलस्थित होटल तपस्यामा पहिलो जिल्ला अधिवेशनबाट उपाध्यक्षमा प्रजिल श्रेष्ट, सचिवमा प्रज्वल श्रेष्ट, सहसचिवमा चानस गिरी र कोषाध्यक्षमा रश्मी लामा चयन भएका छन्।त्यस्तै सङ्घको कार्यसमिति सदस्यहरूमा राम बा घले, रामकृष्ण घिमिरे, जिरा मान स्याङ्तान र रिता थापा मगर चयन भएका छन्।


कार्यक्रमको उद्घाटन समारोहमा मन्त्री लम्सालले,’खेलकुदमा छिटो परिणाम देखाउँदैन् । यसमा धैर्य तथा ऊर्जाका साथ अगाडि बढ्न कार्यसमिति तथा खेलाडीहरुलाई आग्रह गर्दै शुभकामना व्यक्त गर्नुभयो ।


बागमती प्रदेशका माननीय श्रम तथा रोजगार मन्त्री लझ्मण लम्साल कार्यक्रमको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो।सभाध्यक्ष आई. डब्लु. एफ. एन. कराँते सङ्घ बागमती प्रदेशको प्रशिक्षक बुद्धराज नेगी, विशिष्ट अतिथी बागमती खेलकुद परिषद बोर्डका सदस्य धन कुमार मैनाली लगायतको उपस्थिती रहेको थियो।

रासस अर्चना झा