ललितपुर महानगरपालिका वडा नं.५ ले वडा ५ को नयाँ डिजिटल आधिकारिक वेबसाईट सार्वजनिक गरेको छ ।ललितपुर महानगरपालिका वडा नं.५ का वडाबासिहरुको सहजताका लागि वडाले वेबसाईट सार्वजनिक गरेको हो ।

गुगलमा ward05.lalitpurmun.gov.np सर्च गरे पछि वडाको बारेमा थप जानकारी लिन सकिन्छ । उक्त पेजमा वडाले के के गतिविधिहरु गर्दै आएको छ भन्ने जानकारी लिन सकिन्छ । त्यस्तै कुनै पनि सिफारिस लिनको लागि कसरी निवेदन दिने , के के कागजपत्र चाहिन्छ सबै हेर्न सकिन्छ । त्यस्तै प्ले स्टोरबाट पनि एलमसी ५ डाउलोड गरि थप जानकारी लिन सकिने छ ।

ललितपुर महानगरपालिका वडा नं.५ का वडा अध्यक्ष विकास मान श्रेष्ठले वडा नं.५ भित्रका समस्या छिटो छरितो रूपमा सम्बोधन गर्नको निम्ति डिजिटल रुपमा आधिकारिक वेबसाईट सार्वजनिक गरेको उल्लेख गर्नुभयो ।वडाबासिको सहजताका लागि मोबाइल एप ल्याएको जानकारी दिनुभयो ।वडालाई कुनै पनि सल्लाह सुझाव प्रतिक्रिया दिन परेमा कमेन्ट गर्न सकिने बताउँनुभयो । उक्त एप डाउलोड गरि सेवा लिनको लागि वडाबासिहरुलाई अनुरोध गर्नुभयो ।

ललितपुर महानगरपालिका भित्र कुनै पनि समस्याको समाधान गर्नको निम्ति एलमसी अलर्ट मोबाइल एप पनि डाउलोड गर्न सकिने छ ।

यो मोबाइल एपबाट सडक बत्ती बिग्रिएको, ढल फुटेको, कालोबजारी, स्वीकृति बिना निर्माण भइरहेका संरचना, फुटपाथ व्यापार, अनधिकृत विज्ञापन, सार्वजनिक जग्गा अतिक्रमण जस्ता गुनासो तथा उजुरी पनि एपबाटै टिपाउन सकिनेछ ।