नेपाल दूरसञ्चार प्राधिकरणले अझैपनि टिकटक विभिन्न माध्यमले सञ्चालन भइरहको सुचना प्राप्त भएको भन्दै सुचना जारी गरेको छ।

प्राधिकरणले शनिबार सूचना प्रकाशित गरेर नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने सरकारको निर्णय कार्यान्वयनका लागि प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिइसकेको भए पनि अझै केही सेवा प्रदायकहरूको नेटवर्कमा टिकटकको पहुँच पुगिरहेको भन्दै तत्काल रोक्न भनेको छ। प्राधिकरणले यसको सूचना पाइएकाले त्यस्ता सेवा प्रदायक कम्पनीहरूबारे जानकारी दिनसमेत अनुरोध गरेको छ। 

सरकारको निर्णय कार्यान्वयन नगर्ने केही इन्टरनेट तथा मोबाइल सेवा प्रदायक कम्पनीहरूलाई स्पष्टिकरण सोधी कारबाही प्रक्रिया अगाडि बढाइएकोसमेत प्राधिकरणले जानकारी दिएको छ।

420564856_853927223410746_6142072358080928672_n-1708764198.jpg