धेरै व्यक्तिलाई गोरो बन्ने रहर हुनसक्छ। गोरो बन्न पुरुषहरुभन्दा महिलाहरु बढी प्रयासरत हुन्छन्।

बजारमा गोरो बनाउने अनेक क्रिम तथा पाउडरहरु पाइन्छन्। धेरै पैसा खर्चेर ती क्रिमको प्रयोग गरेपनि गोरोपना पाउन सक्दैनन्।

तर, गोरो बन्न क्रिम नै लगाउनुपर्छ भन्ने छैन। हामीसँग भएकै घरेलु सामानको प्रयोगबाट छालामा निखार ल्याउन सक्छौं।

घरेलु सामान प्रयोगबाट गोरो बन्न तरिका

१. महः

महमा हुने भिटामिनले छाला गोरो बनाउन मद्दत गर्छ। अनुहारमा मह लगाएर २ मिनेट जति मसाज गर्ने र करिब १५ मिनेटपछि मनतातो पानीले पखाल्ने।

२. टमाटर वा घ्यूकुमारीः

टमाटर वा घ्यूकुमारीको रसलाई अनुहारमा दलेर केही मिनेट मसाज गर्ने र २० मिनेटपछि पखाल्ने ।

३. दूध वा दहीः

दूध वा दहीमा भएको तत्वले गोरो बनाउन मद्दत गर्छ। अनुहारमा दूध वा दहीले मसाज गर्ने र केही समयपछि मनतातो पानीले धुने।

४. कागतीः

कागतीमा गोरो बनाउने तत्व हुन्छ। कागतीको रसलाई अनुहारमा लगाएर २० मिनेटसम्म राख्ने र पखाल्ने। कागतीको रस लगाउँदा सुख्खा छाला भएकालाई विचार गर्नुपर्छ। यसले छाला झन् सुख्खा बनाउन सक्छ।छाला गोरो बनाउन यी बाहेक काँक्रा, बेसार, सुन्तलाको बोक्राको धुलो, मेवा, अण्डाको सेतो भाग प्रयोग गर्न सकिन्छ।तर, यी सामान प्रयोग गर्दा आफ्नो छालाको प्रकार र आफूलाई फाप्न-नफाप्ने बुझेर गर्नुपर्छ। यसका साथै यी चिजहरु लगाएर घाममा बस्न हुँदैन।