डाउन भएको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) को सर्भरले काम गर्न सुरु गरेको छ।

सोमबार बिहानैदेखि फेमिसको सर्भरमा प्राविधिक समस्या देखिँदा दैनिक हुने श्रम स्वीकृति लगायत सेवा दिन सकिएको थिएन।प्राविधिकहरूले समस्या हेरिरहेका थिए। वैदेशिक रोजगार काठमाडौं कार्यालय ताहाचलका निर्देशक एवं सूचना अधिकारी हुमनाथ पराजुलीले अहिले तत्कालीन समस्या समाधान गरेर श्रम स्वीकृति दिन थालिएको बताए।सर्भरमा ओभर लोडका कारण समस्या देखिएको थियो।‌ हिजोदेखि श्रम स्वीकृतिको काम रोकिँदा धेरैको फ्लाइट छुटेको गुनासो थियो। यसअघि तत्कालीन श्रममन्त्री शरतसिंह भण्डारीले फेमिस प्रणाली सुधारका लागि भन्दै वैदेशिक रोजगार कल्याणकारी कोषबाट १० करोड रूपैयाँ खर्च गर्ने निर्णय गरेका थिए। 

तर नियमविपरीत कोषको पैसा दुरूपयोग गर्न लागेको भन्दै चौतर्फी विरोध भएको थियो।