गोदावरी नगरपालिका वडा १ का बासी गोदावरी कुण्डको काँखमा घर भएर पनि खानेपानी पिउन नपाउँदा नगरपालिका र वडा कार्यालयमा ध्यान आकर्षण पत्र बुझाउँदै सर्वदलीय बैठकको संयोजकले विरोध कार्यक्रमहरू गर्ने भनि चेतावनी दिनुभएको छ ।

सर्वदलीय बैठकको संयोजक राजेश थापाले, “वडा १ को कार्यालयमा पत्रकार सम्मेलन गरी खानेपानी सम्बन्धमा ध्यान आकर्षण पत्र वडा अध्यक्ष तथा वडा सदस्यहरूको अनुपस्थिती भएकोले वडा सचिव शालिग्राम गुरगाइलाई पत्र हस्तान्तरण गर्नुभएको थियो । संयोजकले “यस वडामा खानेपानी उपभोक्ता समितिले प्रदान गर्दै आएको खानेपानीको अभाव र परिपूर्तिका साथै वैद्यानिकताका समेत कुराहरू आएको छ । ३५ दिनभित्र कार्यनयन भए नभने थप विरोध कार्यक्रमहरू सञ्चालन गर्न बाध्य हुनेछौँ जानकारी दिनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका संयोजक मनोज कृष्ण थापाले, “यस वडामा लगभग तीन हजार घरधुरी रहेकोमा लगभग नौसय घरधुरीले खानेपानीबाट वञ्चित भएको छ । खानेपानीको कार्यसमिति तीन वर्षदेखि बनेको छैन ।

वडा अध्यक्ष श्रीराज थापाले खानेपानीको अध्यक्षताको कार्यभार आफै लिनु भएको छ बताउनुभयो। गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन तथा उपमेयरसँग कुरा हुँदा यथासिघ्र खानेपानीको साधारण सभा गरी नयाँ नेतृत्व चयन गर्ने कुरामा सहमति भएको थापाले बताए ।

वडा सचिव शालिग्राम गुरगाइले, “खानेपानी वितरणको लागि खाल्डो खन्ने र पाइप ओछ्याउने काम भइरहेको छ प्राविधिक समस्याले अगाडि बढ्न नसकेको जानकारी दिँदै भन्नुभयो र अरु कुरा मलाई थाहाँ छैन ।

रासस अर्चना झा