ललितपुर – ललितपुरमा लागेको आगो नियन्त्रणमा आएको छ ।

ललितपुर महानगरपालिका – १७ स्थित एक टहरोमा लागेको आगो करिब ४५ मिनेटकै बीचमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए ।मोबिल स्टोर गरिएको टहरोमा लागेको आगो अन्यत्र फैलन नलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।आगलागीमा परेर एकै परिवारका पाँच जना घाइते भएका छन् । घाइते हुनेमा रौतहट घर भएका सन्जय गिरी उनकी श्रीमती रुपा गिरीसँगै उनीका १५ वर्षीय छोरा नित गिरी, ८ वर्षीया छोरी प्रिया र ३ वर्षीया छोरी एलिसा छन् ।

उनीहरुको किस्ट अस्पतालमा उपचार भइरहेको छ ।डढेको मोबिल एउटा भाँडाबाट अर्को भाँडामा सार्ने बेलामा मोबिल आगोमा परेर आगालागी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।