सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानमा व्यवस्था गरेका मौलिक हकका धेरै राम्रा व्यवस्था भएपनि व्यवहारमा कार्यान्वयन गर्न नसकेको बताउनुभएको छ ।

गोरखापत्र प्रकाशनको १२४ औं वर्ष प्रवेश तथा संस्थानको ६२ औं वार्षिकोत्सवको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले जातिय छुवाछुत, लैङ्गिक समानता लगायतका थुप्रै विषयहरु संविधानमा व्यवस्थित गरेको भएपनि आजसम्म पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको बताउनुभएको हो । उहाँले यवहारिक रुपमा कार्यान्वयन हुन नसक्नुको पछाडिको कारणहरु पत्ता लगाइ सरकारी सञ्चारमाध्यमबाट जनता समक्ष लैजान सके सचेतनाको पक्षमा राम्रो भुमिका निर्वाह गर्ने धारणा राख्नुभयो । शर्माले गोरखापत्र सरकार र जनताबिचको पुल बन्नुपर्ने भन्दै नेपालको राजनीतिको विभिन्न कालखण्डको प्रत्यक्षदर्शी भएको समेत स्मरण गर्नुभयो।

गोरखापत्रलाई व्यवस्थित बनाउन र अगुवा बनाउन यसका गुणका आधारमा स्थापित गर्न नयाँ ढंगको जनशक्ति आवश्यक भएको भन्दै संरचनात्मक अवस्था, भौतिक पूर्वाधार र जनशक्ति व्यवस्थापनको लेखाजोखा गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।